मन्त्री आलेले दिए पाँच महिनाको तलब

श्रोत : ईन्टरनेट

२५ जेठ, काठमाडौं । पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले विविध कारणले चर्चामा छन् । उनको काम गर्ने शैलीको चर्चा नेपाली मिडियामा प्राय हुने गरेको छ ।

उनले गत शनिबार मात्र फिल्म ‘सर्वजीत’ को शुभ मुहूर्तमा आफ्नो पाँच महिनाको तलब दिने घोषणा गरेका थिए । यिनै मन्त्री आलेले बिहीबार मन्त्रालयमै ‘सर्वजीत’ फिल्म निर्माणका लागि पाँच महिनाको तलब प्रदान गरेका छन् ।

frontline

मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब रकम निर्देशक दिनेश डीसी र दलित महिला नेपालकी संस्थापक अध्यक्ष गौरा नेपालीलाई हस्तान्तरण गरे ।

फिल्म निर्माणका लागि अन्य निकायबाट पनि अर्थ सहयोग जुटाउन आफूले सहयोग गर्ने वचन मन्त्री आलेले दिए । दलित महिला केन्द्रले निर्माण गर्न लागेको फिल्मलाई दिनेश डीसीले निर्देशन गर्नेछन् ।

फिल्म दलित आन्दोलनका अगुवा भगत ‘सर्वजीत’ विश्वकर्माको जीवनमा आधारित हुनेछ । निर्देशक डिसी केही समयको विश्राम पश्चात निर्देशनमा फर्किने भएका छन् ।

‘पहिला यो डकुमेन्ट्री बनाउने भनेर म कहाँ आइपुगेको हो । मैले सर्वजीत ज्युको जीवनी थाहा पाएपछि यसलाई फिल्ममै ल्याउनु पर्छ भनेर जुटेका हौँ’ निर्देशक डिसीले भने ।

भगत सर्वजीत विश्वकर्मा प्रतिष्ठानको प्रस्तुतिमा दलित महिला केन्द्रले निर्माण गर्ने र मेगा आर्ट एण्ड इन्टरटेनमेन्टले निर्माण व्यवस्थापन गर्ने दलित आन्दोलनको पहिलो अगुवा मानिने भगत सर्वजीत विश्वकर्माको जीवनीमाथि निर्माण हुने फिल्मलाई डिसीले निर्देशन गर्न लागेका हुन् ।

विश्वकर्माले १९९७ सालमा विश्व सर्वजन नामक संगठन स्थापना गर्दै सांगठनिक रूपमै दलित आन्दोलनको सुरुवात गरेका थिए ।

बागलुङ नगरपालिका ७ मा पर्ने साविकको मूलपानी गाविसको गैरागाउँमा १९५० सालमा जन्मिएका सर्वजीत सानैदेखि विद्रोही स्वभावका थिए ।

त्यतिबेला नेपालमा दलितलाई अध्ययनको वातावरण नभएकाले उनले भारतको बनारस पुगेर संस्कृतमा आचार्य अध्ययन गरेका थिए ।

आचार्य उपाधि पाएपछि उनलाई भगत सर्वजीत भन्न थालिएको हो । उनले हिन्दु धर्मको गहिरो अध्ययन गरेका थिए ।

दलित आन्दोलन चर्किँदै गर्दा उनी छोरासहित भारतमा निर्वासित भए । सन् २०१२ सालमा भारतमै उनको निधन भयो ।

डिसीको निर्देशन रहने बायोपिक फिल्म ‘सर्वजीत’ मा एन वि महर्जनको द्वन्द्व निर्देशन, मोहन निरौलाको संवाद, सौरभ लामाको छायांकन, जनक खड्काको पटकथा र एलिश कार्कीको पार्श्व संगीत रहनेछ ।

बाग्लुङ, पाल्पा, पोखरा, काठमाण्डौ र बनारसमा छायांकन हुने ऐतिहासिक नेपाली फिल्मको सेड्युल भदौ अन्तिमदेखि सुरु हुने छ ।

१ करोड २५ लाख रुपैयाँ बजेटमा निर्माण हुने फिल्मको तयारी केही समय अगाडिबाट चलेको थियो ।

पछिल्लो फिल्म ‘फूलै फुलको मौसम तिमीलाई’ पश्चात डिसी फिल्म निर्देशन भन्दा पनि अभिनय, शो, रेडियो, टेलिभिजन लगायतमा व्यस्त थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here