मन्त्रिपरिषद् विस्तारको तयारीमा ओली

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

राष्ट्रपति भवन शीलतनिवासमा दिउँसो २ बजे आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई शपथ गराउने तयारी छ ।

frontline

संविधानको धारा ७६ को उपधारा ३ अनुसार राष्ट्रपति भण्डारीले प्रतिनिधि सभामा सबभन्दा ठूलो दल एमाले संसदीय दलका नेता ओलीलाई बिहीवार प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । 

शपथ लगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको एमाले स्रोतले जानकारी दियो । अधिकांश यसअघिको मन्त्रिपरिषद्कै अनुहार दोहोरिने र केही नयाँ अनुहारले अवसर पाउने सम्भावना रहेको स्रोतले बतायो । 

एमाले स्रोतका अनुसार गृहमन्त्रालयमा रामबहादुर थापा, अर्थमन्त्रालयमा विष्णु पौडेल, परराष्ट्रमा प्रदीप ज्ञवाली र उर्जामा टोपबहादुर रायमाझी दोहोरिने सम्भावना छ ।

सरकारका नीति तथा कार्यक्रम र बजेटको तयारी गर्नुपर्ने भएकोले मन्त्रिपरिषद् विस्तार तत्कालै हुन लागेको हो । 

लेखराज भट्ट, प्रभु साह, कृष्णगोपाल श्रेष्ठ, डा शिवमाया तुम्बाहम्फे, लीला श्रेष्ठ लगायत दोहोरिने सम्भावना रहेको स्रोतले बतायो ।

यसअघिका मन्त्रीहरूमध्ये केहीको जिम्मेवारी हेरफेरको सम्भावना रहेको बुझिएको छ । 

प्रधानमन्त्री ओलीले जसपाको महन्थ ठाकुर, राजेन्द्र महतो पक्षलाई पनि सरकारमा सहभागि हुन आग्रह गरेका छन् । ठाकुरले भने तत्काल सरकारमा सहभागि हुने सम्भावना नरहेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here