मन्त्रिपरिषद् बैठक सुरु, गभर्नर नियुक्त गर्ने

६ जेठ, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको हो ।
बैठकले राष्ट्र बैंकका अठारौं गभर्नर नियुक्त गर्नेछ । मन्त्रीपरिषद् बैठक अघि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले अर्थशास्त्री प्रा.डा. विश्वनाथ पौडेलसहित तीन जनालाई गभर्नरका लागि सिफारिस गरेको थियो ।




पौडेलको नाम एक नम्बरमा भएको र उनको नाममा सत्ता साझेदार कांग्रेस र एमालेबीच पनि सहमति भइसकेको छ ।
सिफारिस समितिले पौडेलसँगै डेपुटी गभर्नर निलम ढुंगाना र पूर्व सचिव दिनेश भट्टराईको नाम गभर्नरका लागि सिफारिस गरेको छ ।
प्रतिक्रिया दिनुहोस्