मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्दै

१४ असार, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्ने थियो । तर मन्त्रिपरिषद सदस्य हेरफेरका कारण सोमबार बैठक बस्न सकेन ।

frontline

त्यसैले मंगलबार दिउँसो प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले यो बैठकलाई नियमित भनेको छ ।

एकीकृत समाजवादीको तर्फबाट चार मन्त्री र एक राज्यमन्त्री समेटेर प्रधानमन्त्री देउवाले आइतबार मन्त्रिपरिषद् हेरफेर गरेका थिए ।

नवनियुक्त मन्त्रीहरुले सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै कार्यभार पनि सम्हालिसकेका छन् ।

सरकारमा एकीकृत समाजवादीको तर्फबाट पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्री मेटमणि चौधरी, स्वास्थ्यमन्त्री भवानी खापुङ, श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here