मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नरबारे निर्णय हुनसक्ने

  • मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ। बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको छ ।
  • अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गभर्नर सिफारिस समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नेछ ।
  • कांग्रेस र एमालेबीच विश्व पौडेललाई गभर्नर बनाउने सहमति भएको बुझिएको छ, जसले गर्दा उनको नाम सिफारिस हुने सम्भावना छ ।

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । 

सोमबार साँझ मन्त्रिपरिषद् बैठक बस्ने भनिए पनि स्थानबारे केही नभनिएको एक मन्त्रीले जानकारी दिए । 

frontline

आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना प्रबल रहेको बताइएको छ । 

मन्त्रिपरिषद् बैठक अघि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गभर्नर सिफारिस समितिको बैठक बस्ने छ । समितिले गभर्नरमा तीन जनाको नाम सिफारिस गर्नेछ । 

कांग्रेस र  एमालेबिच विश्व पौडेललाई गभर्नर बनाउने सहमति भइसकेकाले समितिको बैठक बसेर उनीसहित अन्य दुई जनाको नाम सिफारिस गर्ने तयारी भइरहेको बुझिएको छ ।

मन्त्रिपरिषद् वैठक| गभर्नर |राष्ट्र बैंक |मन्त्रिपरिषद्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here