मनास्लु हिमपहिरोमा परी नेपालीसहित १३ जना बेपत्ता
१० असोज, काठमाडौं । मनास्लु हिमालमा हिमपहिरोमा परी नेपालीसहित कम्तीमा १३ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार सोमबार बिहान करिब ११ बजेतिर सो हिमालमा हिमपहिरो खसेको खसेको हो ।
हिमपहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजी तथा उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर पठाइएको छ । तर, खराब मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको छ ।
हिमपहिरोमा पुरिएर बेपत्ता हुने नेपालीहरुमा दावा शेर्पा, फुरिता शेर्पा, निग्मा दोर्जे शेर्पा, लाक्पा तामाङ र जीतबहादुर शेर्पा रहेको प्रहरीले जनाएको छ । ती सबै विदेशी आरोहण दलको सहयोगीका रुपमा आधार शिविर पुगेका थिए ।
सो हिमाल आरोहण गर्न गएका अन्य विदेशी र केही नेपाली सहयोगीहरु भने मनास्लु आधार शिविरमै रहेको जनाइएको छ ।
उनीहरुको उद्धारका लागि सिम्रिक एयर र एभरेस्ट एयरका हेलिकप्टर त्यहाँ पुगेका छन् । तर मौसममा आएको खराबीका कारण उद्धार कार्य र बेपत्ताहरुको खोजीमा कठिनाइ भएको छ ।
प्रतिक्रिया दिनुहोस्