मनास्लुमा फेरि हिमपहिरो, एक जना बेपत्ता

फाइल तस्बिर

१६ असोज, गोरखा । मनास्लुमा फेरि हिमपहिरो गएको छ। हिमपहिरोमा परी एक जना नेपाली बेपत्ता भएका छन्। 

आइतबार दिउँसो साढे ३ बजेतिर गएको हिमपहिरोमा परी सेभेन समिट ट्रेक्स एण्ड एक्सपिडिशन प्रालिका शेर्पा थरीका बेपत्ता भएको सो कम्पनीका पासाङ फुर्बु शेर्पाले जानकारी दिए। उनको नाम खुलेको छैन। 

frontline

दोस्रो शिविरबाट आधार शिविरतर्फ फर्कीने क्रममा विभिन्न कम्पनीका चार जना हिमपहिरोमा परेका थिए।

बाँकी तीन जना सकुशल भेटिएको प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए । सिम्रिकको हेलिकोप्टरबाट खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here