मनकामना केबलकार साउन २३ बाट स्तरोन्नतिको कामका लागि बन्द गरिने

१७ साउन, कुरिनटार । मनकामना केबलकारले अर्को साता (साउन २३) बाट एक महिना भन्दा बढीका लागि आफ्नो सेवा बन्द गर्ने भएको छ ।

स्तरोन्नतिको कामका लागि बन्द गरिने भएको हो । एक सुचना जारी गर्दै ५ देखि ६ हप्ता सम्म स्तरोन्नतीको काम गर्न लाग्ने जनाएको छ ।

frontline

सेवा बन्द हुने भएपछि यात्रु तथा मनकामना दर्शनका लागि आउने धार्मिक पर्यटकहरुको सुविधालाई ध्यानमा राख्दै अग्रिम सूचना जारी गरेको हो ।

एनालगबाट डिजिटल प्रणालीमा स्तरोन्नतीका लागि आउँदो साता अष्ट्रियाको डोपलमेयर कम्पनीका प्राविधिक नेपाल आउन लागेको कम्पनीका संचालक राजेश बाबु श्रेष्ठले बताउनुभयो।

आउँदो सोमबारबाट केबलकारको स्तरोन्नतिका लागि पहिलो चरणको काम सुरु गर्न लागिएको उहाँले जानकारी दिनभयो ।

कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको काम अघि बढाएको छ।

लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्सहरु पाउनै मुस्किल हुँदै गएपछि केबलकारको स्तरोन्नति गर्न लागिएको श्रेष्ठले जानकारी दिनुभयो ।

स्तरोन्नतिपछि मनकामना केवलकार नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुने दाबी कम्पनीको छ।

गोरखाको प्रसिद्ध धार्कि स्थल मनकामना मन्दिरको दर्शन गर्न जान सहजताका लागि २४ बर्ष अघि नेपालै पहिलो पटक मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here