मनकामना केबलकारको प्यानलमा क्षति पुग्दा अनिश्चितकालका लागि सेवा बन्द

११ पुस, गोरखा । मनकामना केबलकारको प्यानलमा क्षति पुग्दा अनिश्चित कालका लागि सेवा बन्द भएको छ ।

कम्पनीका अनुसार विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगेको हो ।

frontline


आइतबार बेलुका साँझ ७ बजे लाइन जादाँ प्यानलमा क्षती पुगेको स्टेशन म्यानेजर उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।

मर्मतका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने उहाँले बताउनुभयो । अर्को सूचान जारी नभएसम्म केबलकार सेवा स्थगन रहने कम्पनीले एक सूचना जारी गर्दै जानकारी गराएको छ ।

अष्ट्रियाको डोपलमायरकै प्राविधिक नै आउनुपर्ने भएकोले तत्काल केबलकार सञ्चालन हुन नसक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here