मनकला हत्या सोधपुछका लागि जेठाजुसहित तीन जना नियन्त्रणमा

श्रोत : ईन्टरनेट

बिहिबार, जाजरकोट ।  पश्चिम रुकुम त्रिबेणि गाउँपालिका– ४ छहरेमा हत्या गरिएकी मनकला खत्री खड्का घटनाको सोधपुछका लागि जेठाजुसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । 

मृतकका माइला जेठाजु ( श्रीमानका दाइ ) केशरबहादुर खडका र उनका दुई छोराहरु १५ र ११ वर्षीयलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए ।

frontline

प्रहरीले घटनास्थलबाट शंकास्पद वस्तु टर्च लाइट, कपडाहरु पनि फेला पारेको जनाइएको छ । सोमबार राति मनकलाको घर नजिकैको भैसी गोठ मुनि मकैबारीमा हत्या भएको थियो ।

घर नजिकै रहेको गोठमा भैंसीलाई घाँस हाल्न गएकी मनकला रातिसम्म नफर्केपछि उनको खोजि भएको थियो ।

खोजिका क्रममा मनकलाको गोठबाट फर्कने बाटो भन्दा केही तल शव भेटिएको थियो । मनकलाको शव पोष्टमार्टम गरेर अन्तिम संस्कार समेत गरिएको छ । 

मनकलाको टाउकोमा धारिलो हतियार प्रहार गरेको चार वटा गहिरो चोट लागेको छ ।

उनको नाक, कान र घाँटीमा भएका सबै गरगहना लुटिएको छ । टाउकोमा धारिलो हतियारको गहिरो चोट थियो भने एउटा कान पूरै काटिएको र अर्को कान च्यातिएको अवस्थामा थियो।

हत्यामा कसको संलग्नता हो अहिलेसम्म केही खुलेको छैन । पोष्ट मार्टमको रिपोर्ट आएपछि अरु कुरा खुल्दै जाने प्रहरीले जनाएको छ।

अहिले घटनाबारे केहीलाई सोधपुछ गर्ने कार्य चलिरहेको प्रहरी प्रमुख श्रेष्ठले बताए ।

अनुसन्धानका लागि बाँकेबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले बताए ।

मृतकका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर रहेका छन् ।घरमा  सात वर्षीय एक छोरा र सासूआमा छन् ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here