मधेस प्रदेशका ८ वटै जिल्लामा घर घरमा पुगेर कोरोना खोप

२० असार, वीरगञ्ज । मधेस प्रदेशका ८ वटै जिल्लामा घर घरमा पुगेर कोभिड–१९ विरुद्धको खोप लगाइएको छ ।

घरघरमा खोप लगाउन जानका लागि अष्ट्रेलियन सरकारको आर्थिक सहयोग र आड्रा नेपालको प्राविधिक सहयोगमा हरेक जिल्लामा एउटा मोबाइल भ्यान परिचालन गरिएको छ ।

frontline

भ्यानमा स्थानीय स्तरमा सहजीकरण गरिरहेको बागमती सेवा समाजको एक जना स्टाफ नर्स, स्थानीय पालिकाको सहजकर्ता वा भ्याक्सिनेटर रहनेछन् ।

मधेस प्रदेशका ८ वटै जिल्लामा असार ८ गतेदेखि नै अभियान सञ्चालनमा रहेको मधेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो अभियानको मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेका थिए ।

गर्भवती, सुत्केरी, जेष्ठ नागरिक, अशक्त वा अपांगता भएका व्यक्ति र दीर्घरोग लगायत विभिन्न रोगले ग्रसित भई खोप केन्द्र आउन नसकेका नागरिकलाई घरघरमै पुगेर खोप लगाउने गरिएको हो ।

तर गाउँघरमा खोप लगाउन छुटेका ज्ुनसुकै मानिसलाई पनि अभियानका क्रममा खोप लगाइएको कार्यक्रम अधिकृत सञ्जीव मेहता बताउँछन् ।

हालसम्म मधेश प्रदेशका ८ जिल्लामा ‘मोबाइल भ्यान’ टोलीले १०२१ जनालाई खोप लगाइसकिएको छ । हालसम्म मधेस प्रदेशमा ८१ प्रतिशत मानिसले खोपको दुवै मात्रा र १५ प्रतिशतले बुष्टर डोज समेत लिइसकेका छन् ।

पर्सामा पनि खोप लगाउनेको संख्या कम भएका पालिकामा ‘मोबाइल भ्यान’ मा समुदायस्तरमै गई कोभिड–१९ विरुद्ध खोप लगाउने अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक एवं खोप फोकल पर्सन जयमोद ठाकुरले जानकारी दिए ।

पर्सामा ६ लाख ५१ हजार १ सय २० जनसंख्या रहेकोमा १२ वर्षभन्दा माथिका ५ लाख ५९ हजार १६५ छन् । जसमध्ये ७७ प्रतिशतले कोभिड–१९ विरुद्ध खोपको दुवै मात्रा लिइसकेका छन् ।

१४ पालिकामध्ये पर्साको जिराभवानी, ठोरी, जगरनाथपुर, धोविनी, कालिकामाई गाउँपालिका र पोखरिया नगरपालिकामा खोप लगाउनेको संख्या कम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here