मधेसको बलिदानले नै देशमा गणतन्त्र स्थापित भएको हो : अध्यक्ष प्रचण्ड

फाइल तस्बिर।

१४ कार्तिक, सर्लाहीनेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसको बलिदानले नै देशमा गणतन्त्र स्थापित भएको बताउनुभएको छ ।

यहाँ आज भएको माओवादी केन्द्र निकट अखिल नेपाल शिक्षक सङ्गठन र मधेसवादी दल निकट नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेसनबीचको एकता घोषणा समारोहमा उहाँले भन्नुभयो, “मधेसको बलिदानले नै देशमा गणतन्त्र स्थापित भएको हो ।”

frontline

उहाँले मधेशवादी दलसँग पार्टी एकता गरेको अगाडि बढ्ने विषयमा आफूले छलफल सुरु गरेकोसमेत बताउनुभयो ।

उहाँले पार्टी एकता गर्दा जसपाका नेतालाई सम्मानजनक स्थान दिन पनि आफू तयार रहेको बताउनुभयो । उक्त एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उपेन्द्र यादव, महेन्द्रराय यादवलगायत नेताको नाम लिँदै सरकार निर्माणमा गठबन्धन भइसकेकाले अब पार्टी एकता गर्न सकिनेमा जोड दिनुभयो । मधेसी जनताको हितमा काम गर्न पार्टी एकताको प्रस्ताव आफूले गरेको उहाँले बताउनुभयो ।

आफू जनकपुर आएर पार्टी एकताको घोषणा गर्न तयार रहेको उहाँको भनाइ थियो । अहिलेको गठबन्धन सरकारले मधेसमा नागरिकतासम्बन्धी समस्याको चाँडै समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मधेसले आफूलाई माया गरेको जनाउँदै आफूले मधेसबाट पाउने माया निरन्तर पाइराख्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here