मधेश भूमी दैनिक पत्रिकाको बार्षिकोत्सवमा विभिन्न सन्चरकर्मी सम्मानित

Exif_JPEG_420

चैत्र २४ रौतहट
जिल्लाको सदरमुकाम गौरबाट प्रकाशित हुँदै आएको मधेश भूमी दैनिक पत्रिकाको पहिलो बार्षिकोत्सवको अवसरमा निशुल्क आँखा शिविर गरिएको हो । नेपाल नेत्र ज्योती संघ र गौर आँखा अस्पताल पुरेनवाको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविरको संचालन गरिएको हो । शिविरमा ८३ जना पुरुष, ७७ जना महिला गरेर १६० जनाले आँखाको परिक्षण गरीएको हो । गौर आँखा अस्पताल आँखा स्वास्थ्य शिक्षा इकाईका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले ३७ जनालाई चश्मा र ६२ जनालाई औषधी निशुल्क रुपमा वितरण गरिएको जानकारी दिए । यसैगरी बार्षिकोत्सवको अवसरमा पत्रकारीताको क्षेत्रमा योगदान पुर्याउँदै आएका व्यतित्वहरुलाई सम्मान समेत गरेको हो । गौर नगरपालिका वडा नम्वर ३ स्थित गौर एकेडमीमा आयोजित बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश सभा सदस्य नागेन्द्र साहले करिव एक दर्जन भन्दा बढि संचारकर्मी एवं सहयोगीलाई प्रशंसा पत्र प्रदान गरेका हुन् । सो कार्यक्रममा अंकुश दैनिकका रौतहट प्रतिनिधि सत्येन्द्र प्रताप सिंह समेत सम्मानित भएका हुन् । पत्रकारीता क्षेत्रमा सिंहले पुर्याएको योगदानको उच्च मुल्याङ्गन गर्दै सम्मान गरेको मधेश भूमी पत्रिकाको प्रकाशक शिला कुमारीले जानकारी दिए । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश सभा सदस्य साहले पत्रकारिता जहिले पनि इमान्दारीका साथ गर्नुपर्ने र कसैप्रति पूर्वाग्रही नभई जनता प्रति उत्तरदायी भएर कलम चलाउन आग्रह गरे। युवा नेता विकास कुमार यादवले आवज विहिनको आवजका रुपमा संचारजगत हुनु पर्ने धारणा राखे । संचार क्षेत्रले खेलेको भुमिकाको उच्च प्रशंसा गर्दै यहाँले समाज सुधारको पक्षमा सशक्त भएर अघि बढ्न सुझाव दिए । सो कार्यक्रममा नेपाली काँग्रेस नगर समिति अध्यक्ष मोहन यादवले सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न आग्रह गरे। सो अवसरमा प्रेस चौतारीका अध्यक्ष उत्तम कुमार उपाध्याय, पत्रकार प्रभात कुमार झा सहितका संचारकर्मीहरुले मधेश भुमी पत्रिकाको सफलताको शुभकामना गरे उक्त कार्यक्रम प्रकाशक शिलाकुमारीको सभापतित्वमा सम्पन्न भएका थिए भने संचालन संचारकर्मी दिनेश संगमले गरेका थिए ।

frontline

प्रतिक्रिया दिनुहोस्

poster-here