मधेशकाे भविष्य फेर्न आएकाे : रवि लामिछाने
मेवालाल यादव
मंसिर ९ , रौतहट
मधेशकाे मुहार फेर्नेहरुले आफ्नाे मुहार फेरेकाे वताउँदै देशमा मात्र हाेइन विदेशमा समेत आफन्तकाे नामा सम्पती जाेडेकाे वताए । आक्षी आउदा पनि विदेशका महँगाे अस्पतालमा उपचार गराउने गरेकाे वताए । उनले मधेश नेता उत्पादन गर्ने कारखाना मात्र नभएर यहाँ बन्द रहेकाे कारखाना संचालन गरेर राेजगार सृजना गर्ने थलाे समेत भएकाे वताए ।
मधेशले खाेजेकाे शिक्षा, स्वास्थ्य, राेजगार राष्ट्रिय स्वत्नत्र पार्टीले दिने वताए । एक पटक राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमतकाे सरकार बनाउन पायाे भने हजाँ लुकाएकाे सम्पती भएपनि बाहिर ल्याउने वताए । नेपाली जनताले लोकतान्त्रिक व्यवस्थाको नभएर वर्तमान नेताहरूको विकल्प खोजिरहेको
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले बताएका छन।
रौतहटको सदरमुकाम गौर राइस मिलको सभा हलमा जिल्ला कार्यसमितिको आयोजनामा रौतहट जिल्ला जनसभा कार्यक्रम सम्पन्न भएको छ । उपेन्द्र यादवको अध्यक्षतामा रौतहट जिल्ला जनसभा कार्यक्रम सम्पन्न भएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश सदस्य तथा युवा नेता राकेश दासले रौतहट जिल्ला जनसभा कार्यक्रमलाई संचालन गर्नु भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति तथा पुर्व गृहमन्त्री रबि लमिछानेले नव प्रवेशीहरुलाई गमछा ओढ़ाएर सम्मान गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभएको छ ।
सो कार्यक्रममा माननीय तथा पार्टी उपसभापति डिपि आर्याल , माननीय मनिश झा ,प्रदेश अध्यक्ष इ. तपेश्वर यादव , जिल्ला अध्यक्ष प्रदीप साह , प्रदेश वक्ता रन्जित राम लगायत प्रहरी प्रशासन , पत्रकार तथा पार्टीको कार्याकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्