मदिरा सेवन गरी विद्यालय गएपछि प्रधानध्यापक पक्राउ

१६ साउन, जाजरकोट । जाजरकोटमा मदिरा सेवन गरी विद्यालय गएको आरोपमा एक विद्यालयका प्रधानध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको सदरमुकाम खलंगा स्थित त्रिभुवन माद्यामिक विद्यालयका प्रधानाध्यापक भक्त बहादुर मल्ललाई आज विद्यालय सञ्चालन भएको वेला स्कुल हाता भित्रैवाट पक्राउ गरिएको हो ।

frontline

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जाजरकोटको समन्वयमा मल्ललाई पक्राउ गरिएकाे जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार पक्राउ गरी जिल्ला अस्पताल जाजरकोटमा मेडिकल चेकजाँचका लागि लगिएको छ ।

उनले भने, ‘मदिरा सेवन गरी विद्यालय आएको आरोप लगाईएको छ, त्यसको चेकजाँचका लागि अस्पताल पठाईएको हो ।

अस्पतालको रिपोर्टको आधारमा प्रक्रिया अघि बढाईने पन्तले बताए । सोमबार विहान विद्यालयमा मदिरा सेवन गरी आएको गोप्य सूचनाका आधारमा अखिल क्रान्तिकारीले प्रहरीलाई खबर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here