मतगणना गर्न बाँकी छँदै कृष्ण राना मेयरमा विजयी

श्रोत : ईन्टरनेट

४ जेठ, गोरखा । गोरखा नगरपालिका वडा नं. १४ को मतगणना गर्न बाँकी छँदै मेयरमा कृष्ण राना विजयी भएका छन्।

मतगणना गर्न बाँकी मतभन्दा निकटत्तम प्रतिद्वन्द्वीसँगको मतान्तर धेरै भएपछि राना विजयी भएका हुन्।

frontline

माओवादीबाट मेयरको उम्मेद्वार बनेका रानाले ८,२९५ मत प्राप्त गरेका गर्दा उनका निकटत्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राजनराज पन्तले ६,४५६ मत प्राप्त गरेका छन्। राना १,८३९ मतान्तरले अगाडि छँदा गोनपा १४ मा जम्मा १,४०१ मत मात्र गन्न बाँकी छ।

पाँच वर्षअघि रानालाई पन्तले उछिनेर मेयर बनेका थिए। पाँचवर्षपछि पन्तलाई रानाले उछिनेका हुन्। मतगणनाको आधिकारिक अन्तिम नतिजा आउन भने बाँकी नै छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here