मटिहानी नगरपालिकाविरुद्ध पाँच राजनीतिक दलका प्रतिनिधिद्वारा आन्दोलन
महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाविरुद्ध पाँच राजनीतिक दलका प्रतिनिधिले आन्दोलनमा उत्रेका छन् ।
नेकपा माओवादी केन्द्रका उमाशङ्करप्रसाद साह, नेपाली काँग्रेसका जवाहर साह कसेरा, नेकपा एमालेका सञ्जयकुमार सहनी, जनता समाजवादी पार्टीका रामनन्दन यादव र जनमत पार्टीका नरेश नायक आन्दोलनमा उत्रेका हुन् ।
नगरपालिकामा भइरहेको अख्तियार दुरुपयोग, मनपरि, अनियमितता र भ्रष्टाचारको विरुद्धमा उनीहरुले आजदेखि नगरपालिका कार्यालय अगाडि रिले अनशन शुरु गरको जनाएका छन् ।
नगरप्रमुख हरिप्रसाद मण्डलले विभिन्न योजनामा करोडौंको हिनामिना गरिरहेको आन्दोलनकारी राजनीतिक दलका प्रतिनिधिले आरोप लगाएका छन् ।
नगरपालिकामा भइरहेको अख्तियार दुरुपयोग, मनपरि, अनियमितता र भ्रष्टाचारजन्य क्रियाकलापको छानवीन गरी दोषीलाई तत्काल कारवाही हुनुपर्ने माग उनीहरुको छ ।
नगरप्रमुख मण्डलले आवश्यक प्रक्रिया पूरा नगरी १८ जना स्वास्थ्यकर्मीलाई करार सेवामा नियुक्त गरिएको, आफूसँग ५-७ जना केटाहरुलाई लठैतको रुपमा घुमाएर नगरपालिकाबाट तलब खुवाउने गरेको, तथा विभिन्न योजनामा मनोमानी ढङ्गले करोडौं रुपैयाँ भ्रष्टाचार गरेको उनीहरुले आरोप लगाएका छन्।
प्रतिक्रिया दिनुहोस्