मटिहानीको तर्फबाट मेयर मण्डललाई दोसल्ला ओढाएर सम्मानित

१२ चैत्र, महोत्तरी । जनचाहना अनुसार नै आफुहरुले कार्यसम्पादन गर्दै आएको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले बताएका छन्।

शुक्रबार रुपान्तरण मिडिया गौशालाले आयोजना गरेको सम्मान कार्यक्रमकाबीच मेयर मण्डलले सो कुरा बताएका हुन्।

frontline

आफू विगतमा लामो समयदेखि पत्रकारिता पेशा अंगालेकोले समयमा जनप्रतिनिधी लगायतका सरोकारवाला निकायलाई सचेत गराउँदै आएको स्मरण गर्दै मेयर मण्डलले भने, ‘म जनमानसबाट आलोचित हुने काम कदापी गरेका छैनौं।

जनगुनासोलाई सम्बोधन गर्दै आफुले नियमित रुपमा कार्यसम्पादन गरिने भएकोले नगरपालिका जनमुखि भएका छन्। आफूलाई मिडियाले पनि काम गर्नका लागि सहयोग गर्दै आएको छ।’

हरेक धर्म, जाती, वर्ग, लिंगलाई सम्बोधन हुने किसिमले कार्यसम्पादन गर्दै आएको उपमेयर शिवोदेवी साहले बताइन्। १५ पालिका रहेको जिल्लामा सवैभन्दा सानो आकारको क्षेत्रफल र कम बजेटमै यस पालिकाले उत्कृष्ट कार्य गर्न सफल भएको उपमेयर साहले दावी गरिन्।

मटिहानी नगरपालिकाले चौतर्फी रुपमा जनमुखि भई कार्यसम्पादन गर्दै प्रमुख प्रशासकीय अधिकृत राजेश शर्माले जिकिर गरेका छन्।

शर्माले भने, ‘यस पालिकाले जनगुनासोलाई पहिलो प्राथामिकतामा राखि तत्कालै सम्बोधन हुने किसिमले कार्यसम्पादन गर्दै आएका छ।

स्थापित भएको समयमा यस पालिका वामे सर्दै आएको थियो तर अहिले ४ बर्षकै कम अवधिमा नगरपालिकाको विकास अन्य पालिकाको तुलनामा उत्कृष्ट काम गरेका छन्।

पालिकाभरिका हरेक सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई नगरपालिकाकोतर्फबाट छात्राहरुलाई साईकल वितरण गर्दै आएको शिक्षाशाखा प्रमुख चन्देश्वर साहले बताए।

समयमै ईमिस नपठाएको विद्यालयको हरेक सेवा सुविधामा रोक लगाएपछि समयमै कार्यसम्पादन गर्दै आएको साहले जानकारी दिए।

त्यस्तै स्वास्थ्य शाखा प्रमुख नागेश्वर पाण्डेले पछिल्लो समयमा आएर नगरपालिका स्वास्थ्य संस्थामा परिवर्तनको पथमा लागेको दावी गरेका छन्।

कार्यक्रमकाबीच रुपान्तरण मिडियाको तर्फबाट नगरपालिकाकोतर्फबाट सम्मान गर्नुको साथै मेयर मण्डललाई दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्

poster-here