मकालु बेश क्याम्पमा एक विदेशी पर्यटकको मृत्यु

८ कार्तिक, संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–२ मकालु बेश क्याम्पमा एक जना विदेशी पर्यटकको मृत्यु भएको छ ।

मकालु –२ मकालु मकालु बेश क्याम्पमा डेनमार्कका हेन्रिक थोर्वजन एडर्शनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक शुभेष अधिकारीले जानकारी दिनुभयो ।

frontline

विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणका लागि मकालु आधार शिविर पुगेका डेनमार्कका नागरिक थोर्वजन एडर्शनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले पुष्टि गरेको छ ।

प्रहरी निरक्षक अधिकारीका अनुसार थोर्वजन एडर्शनको मकालु आधार शिविर भन्दा केही माथि शनिबार दिउँसो मृत्यु भएको हो ।

गतअसोज २५ गते ३ विदेशी पर्यटक सहित १० जनाको टोली ताप्लेजुङ हुँदै मकालुतर्फ आधार शिविर गएको थिए ।

यस्तै, मकालु आधार शिविरमा फसेका दुई विदेश पर्यटक सहित एक नेपालीको सकुशल उद्धार गरिएको छ ।

आइबार दिउँसो २ जना डेनिस नागरिक र एक जना नेपालीको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ । मकालु आधार शिविरको हिउँमा फसेका अन्य ६ जना नेपाली नागरिका उद्धारको पहल भइरहेको उद्धार मार्फत काठमाण्डौं पुग्नु भएको निरज कार्कीले बताउनु भयो ।

आइतबार दिउँसो हेलिकप्टर मार्फत काठमाण्डौं पुग्नु भएका कार्कीका अनुसार ६ नेपाली नागरिक सहित मृतक डेनमार्कका हेन्रिक थोर्वजन एडर्शन अहिले मकालु आधार शिविरमै रहेको बताउनु भयो ।

मृतक थोर्वजन एडर्शन सहित ६ नेपालीलाई हेलिकप्टर मार्फत उद्धार गर्न लागिएको कार्कीले बताउनु भयो । यसअघि गत सोमबार मकालु आधार शिविर घुम्न गएका सुर्योदय नगरपालिका ५ श्रीअन्तु इलामका ३२ वर्षीय धरणी घिमिरेको लेक लागेर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here