मकवानपुर राजस्व संकलनमा १६ प्रतिशतले वृद्धि

श्रोत : ईन्टरनेट

मकवानपुर । आन्तरिक राजस्व मकवानपुरले राजस्व संकलनमा प्रगति हासिल गरेको छ ।

कोरोना महामारीका बीच पनि राजस्व कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७७/०७८ मा राजस्व संकलनमा १६ प्रतिशतले वृद्धि गरेको आन्तरिक राजस्व कार्यालय मकवानपुरले जनाएको छ ।

frontline

मकवानपुरको विभिन्न स्थानीय तहहरुमा संचालनमा रहेको वस्तुहरु उत्पादन गर्ने उद्योग तथा कलकारखानाहरूमा अनुगमन गरी राजस्व संकलनमा तीव्रता दिएकाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व संकलनमा प्रगति हासिल गर्न सफल भएको आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख शालिकराम आचार्यले बताए ।

कोरोना संक्रमणको जोखिमका कारण विगत ३ महिना देखि निषेधाज्ञा खेपिरहेको मकवानपुरको उद्योग व्यवसायहरूबाट अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व संकलनमा ७७ करोड १० लाख ६६ हजार रुपैयाँले वृद्धि गरेको आचार्यले जानकारी दिए ।

उनका अनुसार, गत आर्थिक वर्ष २०७७÷०७८ मा विभिन्न स्रोतको राजस्व बापत  ५ अर्व, ५५ करोड ८४ लाख ६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा भने राजस्व कार्यालय मकवानपुरले ४ अर्व ७८ करोड ७३ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

राजस्व कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार, जिल्लामा अन्त शुक्ल तर्फ २ अर्व ८६ करोड ९ लाख २१ हजार रुपैयाँ र मुल्य अभिवृद्धि कर बापत १ अर्व ३४ करोड ८ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

त्यस्तै आयकर बापत १ अर्व १० करोड ६९ लाख १३ हजार रुपैयाँ, ब्याजकर बापत ४ करोड ६० लाख ८१ हजार रुपैयाँ र घरबहाल कर बापत २ करोड ६२ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here