मंसिर २२ गते अगावै निर्वाचनको सबै परिणाम आउने निर्वाचन आयोगको दाबी

फाइल तस्बिर

१ मंसिर, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सबै परिणाम मंसिर २२ गते अगावै आउने दाबी गरेको छ ।

आज गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर २२ गते भित्र सम्पूर्ण नतिजा राष्ट्रपतिलाई बुझाउने तयारी रहेको बताए ।

frontline

आयोगका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिक मतसमेत गणना गरि विजयी हुनेहरुको नामावली २२ गतेअघि नै तयार गरिने छ ।

शान्तिपूर्ण र निष्पक्ष रुपमा चुनाव गराउन आफू प्रतिवद्ध रहेको भन्दै आयोगले यसअघि गडबड देखिएका क्षेत्रमा हवाई गस्ती गरिने पनि बताएको छ ।

यस्तै आयोगले मौनअवधि सुरुहुनुअघि नै ठाउँ ठाउँमा अनुगमनका लागि घुम्ती टोली पनि घटाउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here