भ्रष्टाचार बिरुद्ध गौरमा जनमत पार्टीको जनसैलाव

मेवालाल यादव

कार्तिक, ०८ रौतहट जनमत पार्टीको केन्द्रीय आन्दोलनको कार्यक्रम अनुसार जनमत पार्टी रौतहट द्वारा रौतहटको सदरमुकाम गौरमा हजारौको संख्यामा भ्रष्टाचार बिरुद्ध सिटी जुलुस प्रदर्शन भएको छ।

frontline

भ्रष्टचारी र घुसखोर खबरदार, जनकपुरमा गिरफ्तार हाम्रो साथिलाई रिहा गर, साईकल चोर प्रदेश सरकार कुर्सी छोर, जनमत पार्टी जिन्दावाद, जनकारवाही जिन्दावाद, जनता राज जिदावाद, नेता राज मुर्दावाद लगायत नाराहरु लगाउदै हजारौ नेता कार्यकर्ताहरुले गौर मधेश क्रान्ति चोक बाट नगर परिक्रमा गर्दै प्रदर्शन गरेका थिए ।

प्रदर्शन पश्चात कोणसभा लाई संबोधन गर्दै जनमत पार्टीका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रकाशन विभाग प्रमुख ललित मल्लिक शानू ले भ्रष्टाचार बिरुद्धको यो संघर्ष मधेश बाट भ्रष्टाचार निर्मूल नभए सम्म अनवरत चलिरहने मधेशमा बेटीको घरको पनि समेत नखाने चलन छ तर मधेशबेचुआ हरुले चेली बेटी को जाबो साइकल समेत खाए बालबच्चाको विमा समेत छोडेन के न्याय प्रेमी मधेसी जनता चुपलागेर वस्ने प्रश्न गर्दै राज्य को निकायहरु बेकमा हुनसक्छ जनताको दरबारमा न्याय मरेको छैन जनकारवाही हुन्छ भ्रष्टचारी साबधान ।

कोणसभालाई नेताहरु डा. शुवन्त कुशवाहा, बिनय बर्मा, रामेश्वर यादव, बृज किशोर पटेल, बिरेन्द्र साह, विकास यादव, ज्वाला रणवीर लगायत नेताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here