भ्यानको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते

१६ मंसिर, काठमाडौं । काठमाडौंको कंलकीमा भ्यानको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएका छन् ।

मकवानपुरको बागमती गाउँपालिका-३ झुरझुरे घर भई ललितपुरको नख्खु बस्दै आएका ३३ वर्षीय जिम्बा लामा भ्यानको ठक्करबाट घाइते भएका हुन् ।

frontline

लामाको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टाउको र खुट्टामा चोट लागेका लामाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

राति करिब साढे १० बजे नम्बर खुल्न नसकेको सेतो भ्यानले लामालाई ठक्कर दिएको थियो । शंकास्पद एउटा भ्यान र त्यसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।

अनुसन्धानका लागि सीसीटीभीको पनि सहायता लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here