भौतिक पूर्वाधार मन्त्री गुरुङले माफी माग्नुपर्ने माग गर्दै माओवादीद्वारा वैठक अवरुद्ध

फाइल तस्बिर

विराटनगर। भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले माफी माग्नुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्रले प्रदेश-१ को प्रदेशसभा वैठक अवरुद्ध गरेको छ ।

आइतबारको प्रदेशसभा बैठकमा मन्त्री गुरुङले माओवादी केन्द्रका सांसद मोहनबहादुर खड्कालाई व्यक्तिगत गालीगलौच गरेको भन्दै माफी माग्न माग गरेको हो ।
माओवादी केन्द्रका सांसदले बैठक अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक मंगलबार दिउँसो १२ बजेसम्मका लागि स्थगित गरेका छन् ।

frontline

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मन्त्रीले बोलेको कुरा संसदको रेकर्डबाट मेटाउनुपर्ने माग गरे । उनले भने, ‘सांसदले प्रश्न उठाउन पाउँछन्, मन्त्रीको अभिव्यक्ति असंसदीय र अमर्यादित छ ।’

माओवादी केन्द्रले संसद अवरुद्ध गर्ने बताएपछि मुख्यमन्त्री शेरधन राईले आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई माओवादी केन्द्रसँग छलफल गर्न पठाएका थिए । तर माओवादी केन्द्रले कार्कीसँग छलफल गर्न गर्न मानेन ।

छलफल अघि मुख्यमन्त्री राईले माओवादी केन्द्र संसदीय दलका नेता आङ्बोलाई टेलिफोन गर्दै सांसद खड्का र मन्त्री गुरुङ दुबैलाई माफी मगाउन प्रस्ताव गरेपछि माओवादी केन्द्रले मन्त्री कार्कीसँग छलफल नगरेको हो ।

मुख्यमन्त्री शेरधन राईले मन्त्री गुरुङको पक्ष लिएपछि छलफल गर्न आवश्यक नदेखिएको आङ्बोले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here