भोली दिउँसो एउटा प्रदेशमा वर्षाको सम्भावना, हिमाली भागको एक-दुई स्थानमा हल्का हिमपात

४ पुस, काठमाडौं । मंगलबार दिउँसो देशको एउटा प्रदेशमा वर्षाको सम्भावना देखिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

frontline

यस्तै, प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। 

मंगलबार रातको समयमा प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here