भोलिदेखि आन्तरिक उडान अवरुद्ध हुने, मारमा यात्रु

७ असार, काठमाडौं । विमानहरुको रात्रिकालीन पार्किङ विवादले भोलि बुधबारदेखि आन्तरिक उडान अवरुद्ध हुने भएको छ ।

नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि  उद्धार र आपतकालीनसहित सबै प्रकारका उडान रोक्ने घोषणा गरेको हो । यसले हजारौं हवाई यात्रु प्रभावित हुने भएका छन् ।

frontline

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षालाई थप सुदृढीकरण गर्ने भन्दै असार ७ गतेदेखि आन्तरिक उडान गर्ने हेलिकप्टर र विमानलाई उडान अनुमतिपत्रले तोकेको विमानस्थलमै राख्नुपर्ने गरी सर्कुलन जारी गरेको थियो ।

दुई दिनको समय दिएर धेरै वायुयानलाई उपत्यका बाहिर रात्री विसान गर्न जानुपर्ने व्यवस्था गरेपछि वायुसेवा सञ्चालकहरु आन्दोलित भएका हुन् ।

नागरिक उड्डयन प्राधिकरणले दमनकारी नीति लिएकाकाले विरोध गर्नु आफूहरुको बाध्यता भएको संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापा बताउँछन् ।

‘हामी ३९/४० अर्बको पोर्टफोलियो भएका वायुसेवा कम्पनी हौं, राज्यलाई करोडौं कर तिर्छौं । तर प्राधिकरणले दमनकारी नीति ल्यायो, हामीलाई ट्रक व्यवसायी जस्तै व्यवहार गर्‍यो,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

नागरिक उड्डयन प्राधिकरणले हड्तालमा गए कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार नै आयोजित पत्रकार सम्मेलनमा  महानिर्देशक प्रदीप अधिकारीले भने, ‘यो सेवा हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने नभुल्नू ।’

तर मंगलबार साँझसम्म यो विवाद सल्टिएको छैन । वायुसेवा कम्पनीहरुले यसअघि विक्री गरेका टिकटहरु रद्द गरिएको सूचना निकालेको छ भने नयाँ बुकिङ पनि लिएको छैन ।

सरकारी तथ्यांकअनुसार आन्तरिकतर्फ दैनिक १५ हजारसम्म यात्रुको यात्रा गर्ने गरेका छन् । भोलि बुधबारदेखि उडान बन्द हुँदा वैदेशिक रोजगारीमा जानेदेखि उपचारका लागि आपतकालीन अवस्थामा यात्रा गर्नुपर्ने यात्रुसम्म मारमा पर्ने भएका छन् ।

किन उपत्यका बाहिर पार्किङ ?

नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलको पार्किङ क्षमता १७ वटा जहाजका लागि हो । तर अहिले ५२ वटा जहाज पार्किङ गर्ने भइरहेको छ ।

आन्तरिक वायुसेवा कम्पनीले काठमाडौं केन्द्रित उडान गर्दा होल्ड, डिलेदेखि टर्मिनल भवनमा भिडभाड भएको जस्ता समस्या देखिएको थियो । यसलाई समाधान गर्न भदै प्राधिकरणले ११ वैशाख २०७९ मा अध्ययन कार्यदल बनायो ।

कार्यदलमा प्राधिकरणको तर्फबाट त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरसहित ७ जना र वायुसेवा कम्पनीका तर्फबाट बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनुज रिमाल, श्री एयरलाइन्सका प्रवन्ध निर्देशक सुधिर मित्तलसहितका प्रतिनिधि थिए ।

प्राधिकरणका अनुसार कार्यदलले उडान अनुमति दिँदा सम्बन्धित विमानको आधार विमानस्थल ( जहाँबाट विहान पहिलो उडान हुन्छ) मै रात्रीकालीन विसान (पार्किङ) गर्ने व्यवस्था गर्नुपर्ने सिफारिस गर्‍यो ।

त्यही आधारमा ५ असारमा सर्कुलर जारी गर्दै हेलिकप्टर कम्पनीले असार ७ गतेदेखि तोकिएको आधार विमानस्थलमा रात्री विसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्नपर्ने बतायो ।

हवाइजहाज सञ्चालक कम्पनीहरुले भने १३ असारदेखि तोकिएको आधार विमानस्थलमा रात्री बिसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्ने सर्कुलर थियो ।

यो सर्कुलरका कारण ३५ वटा जहाजलाई रात्रीकालीन विसानका लागि उपत्यका बाहिर जानुपर्ने भयो ।

कुन कम्पनीका कति विमानको आधार विमानस्थल कहाँ छ ? 

वायुसेवा कम्पनीठूला जहाजसाना जहाज  
काठमाडौं वेसमोफसलकाठमाडौं वेसमोफसल
बुद्ध एयर
श्री एयरलाइन्स
यती एयरलाइन्स
सौर्य एयरलाइन्स
समिट एयर
तारा एयर
सीता एयर
गुण एयरलाइन्स
नेपाल एयरलाइन्स
कुल१०२०१५

वायुसेवा कम्पनीहरुको विरोध गरे । क्षेत्रीय विमानस्थलहरुमा मर्मत सम्भार तथा चेकजाँच गर्ने सुविधा नरहेको र भौतिक सुविधा पनि पर्याप्त नभएकाले तत्काल रात्री बिसान बाहिर गर्न नसक्ने वायुसेवा कम्पनीहरुको तर्क थियो ।

तर, नागरिक उड्डयन प्राधिकरणले मंगलबारै काठमाडौंमा विश्राम गरेका केही कम्पनीको उडान रोकेपछि वायुसेवा कम्पनी सञ्चालकहरु आक्रोशित बने र उडान रोक्न घोषणा गरे । प्राधिकरणले अकस्मात नियम लाद्न खोजेका कारण वायुसेवा कम्पनीहरु अपि्रय निर्णय लिन बाध्य भएको अध्यक्ष थापा बताउँछन् ।

नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक अधिकारी भने आफूहरुले नयाँ नियम एक्कासी नल्याएको दाबी गर्छन् । उनले वायुसेवा अत्यावश्यकीय सेवा भएकाले हड्ताल भएमा कारवाही गरिने स्पष्ट गरेका छन् ।

कार्यदलको प्रतिवेदनकै आधारमा वेस उपत्यका बाहिर सार्न खोजेको भन्दै उनले भने, ‘आज नगरे भोलि गर्नैपर्छ । यो हवाइ सुरक्षा, यात्रुको सुविधा र वायुसेवा कम्पनीको हितकै लागि भएको हो ।’

विज्ञप्ति सेमत निकाले प्राधिकरणले गैरकानुनी कार्य नगर्न र वार्तामार्फत निकास खोज्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here