भैसेपाटीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

१० साउन, काभ्रे । बनेपा नगरपालिका-१३ भैसेपाटीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। 

बनेपाबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रक र मोटरसाइकल ठोक्किँदा रोशी गाउँपालिका-१ का  १८ वर्षीय कृष्ट लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

frontline

मंगलबार बेलुका ७ बजेतिर बनेपाबाट भक्तपुरतर्फ जादै गरेको ना ८ ख ८०८७ नम्बरको ट्रक र बा ६७ प २८९२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

उनको उपचारको क्रममा बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश सिल्वालले जानकारी दिए। 

मोटरसाइकल चालक रोशी-१ कै २६ वर्षीय एण्डी लामाको बनेपा अस्पतालमा उपचार भइरहेको छ। ट्रक र चालकलाई बनेपा प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको ट्राफिक प्रमुख सिल्वालले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here