भैरहवा विमानस्थलको निर्माण अध्ययन समितिमा बस्न योगेशको इन्कार

२१ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले भैरहवा विमानस्थलको निर्माण अध्ययन समितिमा बस्न इन्कार गरेका छन् । जो सदस्य विगतमा सम्बन्धित मन्त्रालयको जिम्मेवारीमा रहेको हो त्यही व्यक्ति छानबिन समितिमा बस्न उपयुक्त नहुने आफ्नोसमेत बुझाइ रहेको उनले बताए ।

आफ्नो नेतृत्वको विषयमा समेत प्रश्न उठेपछि आफूले संयोजक रहन नचाहेको उनले बताए ।

frontline

‘हामीलाई जे टीओआर दिइएको थियो त्यसआधारमा एउटा रिर्पोट बनाएर लगभग फाइनल पनि गरेको हो । त्यसलाई फेरि अर्को समितिको संयोजक अर्को भएपछि उहाँले आफ्नो मोडलबाट छलफल गर्नुहोला । त्यसमा मेरो केही पनि आपत्ति छैन,’ भट्टराईले आइतबार सार्वजनिक लेखा समितिको बैठकमा भने ।

आइतबारकै समिति बैठकमा भट्टराईले अब आफू भैरहवा विमानस्थल अध्ययन उपसमितिमा नबस्ने घोषणा गरे ।

१४ असार २०८१ मा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे अध्ययन गर्न छुट्टाछुट्टै संसदीय उपसमिति गठन गरेको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको छानबिन गर्न गठित उपसमितिको संयोजकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेन छन् । उनी नेतृत्वको उपसमितिले आफ्नो प्रतिवेदन मूल समितिमा बुझाइसकेको छ ।

तर, भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन–अनुगमन उपसमितिले आफ्नो प्रतिवेदन मूल समितिमा बुझाएको छैन ।

यो उपसमिति एमाले सचिव एवं सांसद योगेश भट्टराई रहँदै आएका छन् । तर, उनी विगतमा पर्यटनमन्त्री रहेको भनेर प्रश्न उठेपछि उनले आफू समितिमा नरहन तयार रहेको बताएका हुन् ।

हाल यो उपसमितिमा सांसदहरू अमरेशकुमार सिंह, मनिष झा, अच्युतप्रसाद मैनाली, विक्रम पाण्डे, श्यामकुमार घिमिरे, मञ्जु खाँड र सराज अहमद फारुकी सदस्य छन् ।

योगेश भट्टराई

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here