भेरी अस्पतालका डा.सुरेशकुमार नागले एक वर्षदेखि नियमित ड्यूटी नगरेपछि कारबाहीका लागि पत्र

२१ असार, नेपालगञ्ज । भेरी अस्पतालमा कार्यरत डा.सुरेशकुमार नागले एक वर्षदेखि नियमित ड्यूटी नगरेपछि अस्पताल प्रशासनले कारबाहीका लागि पत्र काटेको छ ।

भेरी अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. नागलाई अस्पताल प्रशासनले पटक पटक जिम्मेवारी निर्वाह गर्न अनुरोध गर्दा पनि नमानेपछि कारबाहीका लागि मन्त्रालयलाई पत्र लेखेको हो ।

frontline

‘विगतदेखि नै आफ्नो ड्युटी गर्न समयमा नआउने लापबाही गर्ने गरेको पाइएको छ,’ अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले भने, ‘विकास समितिको तर्फबाट पटक पटक सुध्रिन अनुरोध गर्दासम्म समेत अटेर गरेको पाइयो, बाध्य भएर कारबाहीका लागि पत्र काटिएको हो ।’

अस्पतालले २०७८ साउन २२ गतेको समितिको निर्णय अनुसार यसअघि पनि उनलाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र पठाइएको थियो ।

यसैबीच डा. नागले असार २० गते अस्पताल प्रशासनमा आएर असार २९ गतेसम्मको हाजिरी गरेको अस्पताल विकास समितिले जनाएको छ ।

‘अग्रिम हाजिरी गरी आफ्नो उत्तरदायित्व र कर्तव्यबाट बिमुख भएको पाइएको छ,’  विकास समिति सदस्य श्रेष्ठले भने, ‘नियमानुसार कारबाहीका लागि जिल्ला प्रशासनमा बाँकेमार्फत पुनः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाएका छौं ।’

डा. नागले अग्रिम हाजिर गरेर आफुले गल्ती गरेको स्विकार गरेका छन् । ‘अग्रिम हाजिर गर्नु मेरो गल्ती हो,’ डा.नागले भने, ‘जेठको महिना सम्झेर हाजिर गरेको थिए, त्यतिबेलै मैले क्षमा मागेको पनि हो, अहिले पनि भन्छु मेरो त्यो गल्ती हो ।’

डा.नागले आफू नियमित डियुटीमा आउने गरेको दावी गरे । सोमवार र शुक्रबार आफ्नो ओपीडी रहेको भन्दै उनले आउन नसक्ने अवस्थामा पत्र लेख्ने गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here