भेनेजुएलामाथि उरुग्वेको सानदार जित
१९ माघ, एजेन्सी । विश्वकप छनोट खेलमा उरुग्वेले सानदार जित निकालेको छ । बुधबार भएको खेलमा उरुग्वेले भेनेजुएलालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
उरुग्वेलाई सानदार जित दिलाउनको लागि रोड्रिगो बेन्टानकर, जिओरजियन एरासकाइटा, इडिन्सन काभानी र लुइस सुआरेजले समान एक-एक गोल गरे । भेनेजुएलाका जोसेफ मार्टिनेजले एक गोल फर्काए ।
खेलको पहिलो मिनेटमा नै रोड्रिगो बेन्टानकरले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । खेलको २३औं मिनेटमा जिओरजियन एरासकाइटाले गोल गर्दै उरुग्वेको अग्रता दोब्बर पारे ।
पहिलो हाफको इन्ज्युरी समयमा काभानीले गोल गर्दै उरुग्वेलाई पहिलो हाफमा ३-० ले अघि बढाए । ५३औं मिनेटमा लुइस सुआरेजले पेनाल्टीमा गोल गर्दै उरुग्वेलाई ४-० ले अघि बढाए ।
६५औं मिनेटमा भेनेजुएलाका जोसेफ मार्टिनेजले एक गोल फर्काए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेले उरुग्वेले जित्यो ।
यो जितसँगै उरुग्वे १६ खेलबाट २२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित भेनेजुएला १० अंक जोडेर १०औं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्