भूतखोलामा डुबेर युवकको मृत्यु

४ चैत, पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको भूतखोलामा डुबेर शुक्रबार एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रूपन्देहीको बुटवल उपमहानगरपालिका–८ का १८ वर्षीय प्रशन्न पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्षमण पचभैयाले जानकारी दिए ।

frontline

पोखरेल तीनजना साथीसँगै भूतखोला घुम्न आएका थिए । खोलामा हातमुख धुने क्रममा आज दिउँसो ३ बजे खोलामा डुबी वेपत्ता भएका थिए ।

दोभान प्रहरीको सहायतामा तत्काल उद्धार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा अपराह्न करिब ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here