भूकम्प गएको क्षेत्रमा प्रधानमन्त्रीको भ्रमण

एथेन्स

१२ असोज (रासस÷एएफपी) – ग्रिसको सबैभन्दा ठूलो टापु क्रीटमा भूकम्प गएको एक दिनपछि यहाँका प्रधानमन्त्रीले सो क्षेत्रको भ्रमण तयारी गर्नुभएको छ ।

frontline

शक्तिशाली भूकम्पको कारण एक व्यक्तिको मृत्यु हुनुको साथै सयौं भवनहरु क्षतिग्रस्त भएका छन् भने कैयौ व्यक्ति घरबारविहीन भएका छन ।

स्थानीय समयानुसार सोमबार बिहान ७ः४८ बजे बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएको एक दिनपछि ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले यस क्षेत्रको भ्रमण गर्ने तयारी गर्नु भएको हो ।

प्रारम्भिक निरीक्षणबाट प्राप्त विवरणहरुका अनुसार सोमबार गएको यस भूकम्पबाट करिब एक हजार भवनहरु क्षतिग्रस्त भएका थिए । यस भूकम्पको केन्द्रविन्दु कृषिशहर अर्कलोचोरीनजिकै १० किलोमिटर गहिराईमा रहेको थियो ।

यस भूकम्पको कारण चर्च भत्किएर एक व्यक्तिको मृत्यु हुन्ुको साथै करिब एक दर्जन अन्य मानिसहरु घाइते भएका थिए । आफ्नो घरलाई असुरक्षित मान्दै सयौं मानिसहरुका अहिले पनि त्रिपालमा बसेका छन् ।

भूकम्पपिडितहरुलाई दर्जनौं होटलका कोठाहरु पनि उपलब्ध गराइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

यसअघि ग्रिसमा मार्च ३ मा पनि भूकम्प गएको थियो । त्यस भूकम्पमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य दश घाइते भएका थिए भने भौतिक रुपमा ठूलो क्षति भएको थियो । –––––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here