भुतिया बाँध जुनसुकै बेला फुट्न सक्ने अवस्थामा

श्रोत : ईन्टरनेट

चितवन । पूर्वी चितवनको रत्ननगर भएर बग्ने कयर खोलामा आएको बाढीले स्थानियलाई त्रसित बनाएको थियो । अन्य समयमा शान्त प्राय देखिने सो खोला वर्षातको समयमा भने सबैलाई तर्साउने गरि बग्ने गर्छ ।

असार १७ गते कयर खोलामा आएको बाढीले रत्ननगरको शान्ति चोक र सौराहाक्षेत्र डुवानमा परेको थियो ।

frontline

करिब ४—५ घण्टा निकै जोडका साथ बगेको सो खोलामा रहेको पानीको सतह यदि केहि घण्टा अझ रहेको भए रत्ननगर—१६ मा बाधिएको भुतिया बाध फुट्न सक्थ्यो ।

जसले रत्ननगरका वडा नं. १, २, ३, ५, ६, ७, १३, १६ लगाएतका ठाउँमा डुबानमा पर्ने निश्चित थियो । जसबाट लाखौंको जनधनको क्षति हुन्थ्यो ।

असार १७ गते आएको बाढी आधा घण्टा मात्रै बढी समय रहेको भए भुतिया बाँध फुट्ने स्थिति पैदा भइसेकेको तर रत्ननगर भाग्यले बचेको रत्ननगर नगरपालिका वडा नं. १६ का अध्यक्ष हेमराज थापाले बताए ।

अध्यक्ष थापाले भने, “यो वर्ष पानी धेरै पर्ने कुरा आएकाले अब त्यस्तै बाढी आएमा बाधिएको ग्याबिन जाली सहितको ढुङ्गा पहिलेनै खोलमा खसिसकेकाले अब भने बालुवाको भरमा रहेको ढिस्को भत्कने पक्का जस्तै भएको थियो ।”

अहिले बाध बाधिएको ठाउँको ५ ठाउँ भन्दा बढी भागमा बाध भत्किएकाले त्यसको लागि वडाको वजेटले मात्रै धान्न नसक्ने भएकाले सबै जना भएर सम्बन्धित निकाएमा गएर कामको लागि आग्रह गर्नुपर्ने अध्यक्ष थापाले बताए छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here