भीरबाट लडेर एक व्यक्तिको मृत्यु
१५ माघ, गोरखा । जंगलमा काठ काट्न जाने क्रममा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ ।
धार्चे गाउँपालिका–३ डुङ्लाका अन्दाजी ३३ बर्षीय पुरमान गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार करिव चार बजे काठ काट्न जंगल जाने क्रममा तारवाङ भीरबाट उनी लडेका थिए ।
भीरबाट करिव चार सय मिटर तल खसेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शुक्रवार घटना भएपनि शनिवारमात्र खबर आएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश दाहालले बताए ।
‘शनिबार स्थानीयले देखेपछि वडाध्यक्षलाई खबर गरेछन्,’ उनले भने, ‘वडाध्यक्षले हामीलाई खबर गरेपछि हाम्रो प्रहरी टोली खटाएका हौं ।’
गुरुङको शव पोष्टमार्टमका लागि आरुघाटतर्फ ल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्