भीमबहादुर रावल : मैले पाएको मत आफ्नाे र पार्टीको ठूलो सफलता हो

१५ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ महाधिवेशनका अध्यक्षका प्रतिस्पर्धी डा भीमबहादुर रावलले आफूले पाएको मत आफ्नाे र पार्टीको ठूलो सफलता भएको बताउनुभएको छ ।

आधिकारिक घोषणा नभएपनि मत परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको जानकारी बाहिर आएलगत्तै डा रावलले आफूले पाएको मत पार्टी र आफ्नो ठूलो सफलता भएको बताउनुभएको हो ।

frontline

उहाँले ओली पक्षले उम्मेदवारी नै दर्ता गर्न नदिने योजनाका बीच पनि आफ्नो संघर्षका कारण निर्वाचन भएको बताउनुभयो। डा रावलले भन्नुभयो, ‘मलाई उम्मेदवारी नै दर्ता गर्न नदिने योजना बनाएको अवस्थामा निरन्तरको संघर्षपश्चात उम्मेदवारी दिएर जति मत पाएको छु त्यो मेरो र पार्टीकाे लागि ठूलो सफलता हो ।’

आफ्नो संघर्षका कारण पार्टी केही हदसम्म लोकतान्त्रिक भएको उहाँले प्रारम्भिक प्रतिक्रिया दिनुभएको छ । ‘मैले गरेका संघर्षका कारण विधान कार्यान्वयन भएको छ र केही हदसम्म भएपनि लोकतान्त्रिक प्रक्रिया अगाडि बढेको छ ।’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here