भीमबहादुर तामाङ स्मृति कपः मोहन बस्नेतले उद्घाटन गर्ने, जिपछिरिङ लामाले समापन

काठमाडौं । आगामी चैत १३ देखि सूरु हुने १३ औं भीमबहादुर तामाङ स्मृति कपको तयारी तिव्र रुपमा भइरहेको नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ले जनाएको छ ।
जिल्लाको बैतेश्वर गाउँपालिका ३ मिर्गे बजारमा हुने प्रतियोगिताको उद्घाटनका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मोहनबहादुर बस्नेत जादैंछन् ।




त्यस्तै समापनका लागि पार्टीका अर्का केन्द्रीय सदस्य जिपछिरिङ लामा जाने तय भएको पार्टी सभापति शुक्रराज तामाङले जानकारी दिए ।
पहिलो पुरस्कार नै चार लाख धनरासी रहेको १३ औं भीमबहादुर तामाङ स्मृति कप चैत १६ गतेसम्म चल्नेछ ।
प्रतियोगिता अवधिभर विभिन्न राष्ट्रिय कलाकारहरुको उपस्थितिमा सास्कृतिक कार्यक्रम समेत हुने आयोजक नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्