भीमफेदी कारागारमा ३५५ कैदीबन्दीमा संक्रमण पुष्टि

शुक्रबार, काठमाडौं । मकवानपुरको भीमफेदी कारागारमा ३५५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कारागारमा रहेका ९७० जना कैदीबन्दीमा गरिएको एन्टिजेन परीक्षणमा ३५५ जनामा संक्रमण पुष्टि भएको हो ।

frontline

केही कैदीबन्दीमा रुघाखोकीको समस्या देखिएपछि परीक्षण गरिएको थियो ।

संक्रमित १४ जनामा लक्षण देखिएपछि उपचारका लागि साउन ११ गते काठमाडौं पठाइएको भीमफेदी गाउँपालिकाका स्वास्थ्य संयोजक राममान थिङले जानकारी दिए ।

संक्रमित कैदीबन्दीलाई स्वास्थ सुरक्षाको मापदण्ड अनुसार आइसोलेसनमा राखेको जेलर नारायण पाण्डेले बताए ।

‘संक्रमण देखिएकाहरुलाई प्रोटिनयुक्त खानेकुराको व्यवस्थापन गरिएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here