भीमदत्त नगरपालिकाको पाँच महिनामा पाँच करोड राजस्व सङ्कलन

१९ पुस, कञ्चनपुर ।  भीमदत्त नगरपालिकाले चालू आवको पाँच महिनामा रु पाँच करोड राजस्व सङ्कलन गरेको छ । आन्तरिक आयअन्तर्गत मात्रै उक्त राजस्व सङ्कलन गरिएको हो ।

नगरपालिकाका लेखा शाखा प्रमुख गोविन्द उपाध्यायले चालू आर्थिक वर्षको मङ्सिरसम्ममा उक्त राजस्व सङ्कलन भएको बताए।

frontline

उनका अनुसार नगरपालिकाले वार्षिक रु ११ करोड आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा ४५ प्रतिशत बढी आन्तरिक आय सङ्कलन भइसकेको छ ।

त्यस्तै आन्तरिक आय अतिरिक्त मालपोत करबापत नगरपालिकालाई वार्षिक रु तीन करोड ५० लाख र विभाज्य करअन्तर्गत रु सात करोड ५० लाख सङ्कलन भएको छ ।

नगरपालिकाले स्थानीय सरकारको नेतृत्व पाएपछि आन्तरिक आयलाई बढाउँदै लगेको छ ।

चार वर्षअघि नगरपालिकाको आय करिब रु चार करोड रहेकामा गत वर्षसम्म त्यसमा वृद्धि गरी रु २१ करोड पुर्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here