भिक्टोरिया राज्यमा कोरोनाको नयाँ संक्रमित बढे
काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेको पाइएको छ ।
सोमबार भिक्टोरियामा कोरोनाका ११ नयाँ स्थानीय संक्रमित फेला परेका हुन् ।
भिक्टोरियामा कोरोनाको डेल्टा भेरियन्टको स्रोत पत्ता लगाउन गरिएको कन्ट्याक्ट ट्रेसिङको क्रममा नयाँ संक्रमितहरु फेला परेका हुन् ।
भिक्टोरियामा भेटिएका ११ जना संक्रमितको सम्बन्ध यसअघि नै भेटिएका संक्रमितसँग रहेको पाइएको छ ।
भिक्टोरियाले कोरोनाको संक्रमण बढेसँगै लगाएको लकडाउन थप एक साताका लागि थप गरिएको थियो ।
थप गरिएको लकडाउन पनि आगामी बिहीबाटबाट सकिँदैछ ।
भिक्टोरियाका प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सुटोनले भिक्टोरियामा केही स्थानहरुमा लकडाउन जारी राखेर केही स्थानमा लकडाउन खुकुलो पार्ने विषयमा अहिले छलफल भइरहेको बताए ।
भिक्टोरियामा भेटिएको डेल्टा भेरियन्टको स्रोत भने अझै पत्ता लागेको छैन ।
भिक्टोरियाले डेल्टा भेरियन्ट देखिएसँगै लकडाउनको निर्णय गरेको थियो ।
अष्ट्रेलियामा वयस्क नागरिकको २० प्रतिशत जनसंख्याले मात्र कोरोनाविरुद्धको खोप लगाएका छन्
। अहिलेसम्म ५० लाख डोजभन्दा धेरै खोप लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्