भारत-पाकिस्तान तनावले सिमावासी विस्थापित

दिनहुँ भइरहेका गोली हानहानका घटनाले भारतीय सीमा क्षेत्रका धेरै स्थानीय विस्थापित भएका छन् ।
२६ वैशाख, काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच लाइन अफ कन्ट्रोल (एलओसी) आसपासका स्थानीय विस्थापित भएका छन् ।




एलओसीनजिक गोली हानाहान चलिरहेकाले भारततर्फका स्थानीय आफ्ना घर छाडेर सुरक्षित स्थानको खोजीमा विस्थापित भएका छन् ।
भारत र पाकिस्तानबीच नयाँ स्तरमा सुरु भएको शत्रुताले सीमा क्षेत्रमा बसोबास गर्नेहरूका कठिनाइ बढाएको बीबीसीले जनाएको छ ।
विगतमा पनि दुई देशबीच तनाव हुँदा तथा युद्धको समयमा सीमाबासी सबैभन्दा धेरै प्रभावित हुँदै आएका थिए । गोलाबारीमा परेर मानवीय तथा भौतिक क्षति ब्यहोर्नु पर्ने समस्या भोग्दै आएकाहरू कर्फ्यु, विद्यालय, अस्पताल तथा बजार बन्दको मार खोप्दै आएका छन् ।
पहलगाममा २६ पर्यटकको बर्बर हत्याको घटनालाई पाकिस्तानसँग जोड्दै भारतले ७ मेको मध्यरात पाकिस्तानका विभिन्न नौ स्थानमा आक्रमण गरेको थियो । त्यसयता दुवैतर्फबाट गोलाबारी बढेको छ । भारतले ७४० किलोमिटर लामो एलओसीमा पाकिस्तानले लगातार संघर्षविरामको उल्लंघन गरिरहेको दावी गरेको छ ।
त्यसयता पाकिस्तानले गरेको आक्रमणमा परेर १६ भारतीयको ज्यान गएको तथा ५९ घाइते भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । मारिनेमा महिला, बालबालिका तथा उकजना भारतीय सेनाका लेस नायक दिनेशकुमार पनि छन् ।
प्रतिक्रिया दिनुहोस्