भारतीय सेनाद्धारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग
काठमाडौं । कोरोना (कोभिड १९ )महामारीको प्रतिकार्यका लागि नेपाली सेनालाई भारतीय सेनाले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
शुक्रबार जङ्गी अड्डा, भद्रकालीमा भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधान सेनापति पूर्णचन्द्र थापालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।
भारतीय सेनाले नेपाली सेनालाई भेन्टिलेटर, आईसियु वेडहरु, पिपिइ सेट र एम्बुलेन्स लगायतका स्वास्थ्य सामग्रीहरु प्रदान गरेको सेनाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्