भारतीय शेयर बजारका ‘बिगबुल’ राकेश झुनझुनवालाको निधन
२९ साउन, काठमाडौं । भारतीय शेयर बजारमा ‘बिगबुल’ राकेश झुनझुनवालाको निधन भएको छ ।
६२ वर्षको उमेरमा उनको मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा उनको आइतवार मृत्यु भएको हो ।
उनी २ हप्ता अगाडि मात्रै अस्पतालबाट डिस्चार्ज भएका थिए ।
उनको मृत्यु स्थानीय समयअनुसार बिहान ६ बजेर ४५ मिनेटमा भएको बताइएको छ ।
उनी मृगौलाका बिरामी थिए । केही साताअघिमात्रै उनी उपचार गरी अस्पतालबाट डिस्चार्ज भएका थिए ।
ट्रेडरका साथै चार्टर अकाउन्टेन्ट झुनझुनवाला भारतीय धनाढ्यमध्येमा पनि पर्छन् ।
पछिल्लो पटक उनी अकासा एयरको लन्च कार्यक्रममा देखिएका थिए । झुनझुनवाला हंगामा मिडिया र एप्टेकको अध्यक्षका साथै भाइसरोय होटल्स, कन्कर्ड बायोटेक, प्रोभोग इन्डिया र जिओजित फाइनान्सियल सर्भिसेसका निर्देशक पनि रहेका थिए । एजेन्सी
प्रतिक्रिया दिनुहोस्