भारतीय वायु सेनाको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

१३ साउन, काठमाडौं । भारतीय वायु सेनाको एक विमान बिहिबार राति राजस्थानमा दुर्घटना हुँदा विमानमा रहेका दुई जना पाइलटको मृत्यु भएको छ ।

राजस्थानको बाडमेर क्षेत्रको भिमाड गाउँमा उडान भरिरहेको मिग ट्वेन्टी वान विमान बिहिबार राति स्थानीय समय अनुसार ९ बजेर १० मिनेट जाँदा दुर्घटना भएको हो ।

frontline

दुर्घटना यति भयानक थियो कि विमानका भग्नावशेषहरु आधा किलोमिटरपरसम्म उछिट्टिएका थिए ।

परीक्षण तालिमका क्रममा विमान दुर्घटना भएको भारतीय वायुसेनाले जनाएको छ । तर दुर्घटनाको कारण भने खुलाइएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here