भारतीय प्रधानमन्त्री विश्वकै सबभन्दा लोकप्रिय सरकार प्रमुखमध्ये पहिलो स्थानमा

२२ कार्तिक, नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री विश्वकै सबभन्दा बढी लोकप्रिय सरकार प्रमुखमध्ये पहिलो स्थानमा परेका छन्। अमेरिकी अनुसन्धान संस्था ‘मर्निङ कन्सल्ट’ ले गरेको सर्वेक्षणमा मोदी पहिलो भएका हुन्।

प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेन, जर्मनीकी चान्सलर एन्जेला मर्केलगायतलाई पछि पार्दै पहिलो भएका हुन्। उनले मूल्याङ्कनमा ७० प्रतिशत अंक प्राप्त गरेका छन्। 

frontline

सर्वाधिक लोकप्रिय नेताको दोस्रो स्थानमा मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोर रहेका छन्। उनले ६६ प्रतिशत मूल्याङ्कन अंक प्राप्त गरेका छन्।

त्यस्तै इटालीका प्रधानमन्त्री मारियो ड्रागीले ५८ प्रतिशत प्राप्त गर्दै तेस्रो भएका छन्। जर्मनीकी चान्स्लर एन्जेला मर्केलले ५४ प्रतिशत अंक प्राप्त गर्दा अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले ४७ अंक प्राप्त गरे।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भने ४४ प्रतिशत अंक प्राप्त गर्दै छैठौँ स्थानमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here