भारतीय प्रधानमन्त्री मोदीको आमाको निधनप्रति प्रधानमन्त्रीद्वारा शोक व्यक्त

१५ पुस, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आमाको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दहाल’प्रचण्डले’ शोक व्यक्त गरेका छन्। उनले ट्विट गर्दै मोदी र उनको परिवारजनप्रति हार्दिक संवेदना व्यक्त गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले मृतकको आत्माको चीर शान्तिको कामना गरेका छन्। 

frontline

उनले लेखे, ‘यस शोकको घडीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको परिवारजनप्रति हार्दिक संवेदना प्रकट गर्छु। मृतकको आत्माको चीर शान्तिको कामना गर्दछु।’

 भारतीय प्रधानमन्त्री मोदीकी आमा हिराबेन मोदीको १०० वर्षको उमेरमा आज बिहान निधन भएको छ । बुधबार हिराबेनको स्वास्थ्यमा समस्या आएपछि अहमदाबादको यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो। 

अस्पतालद्वारा जारी विज्ञप्ति अनुसार प्रधानमन्त्रीकी आमा हिराबेनको स्थानीय समयअनुसार शुक्रबार (डिसेम्बर ३०) बिहान ३:३० बजे निधन भएको हो ।

प्रधानमन्त्री मोदीले आफ्नी आमाको निधनबारे ट्विट गर्दै जानकारी दिएका थिए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here