भारतीय प्रधानमन्त्री मोदी पुनः विश्वको सबै भन्दा लोकप्रिय नेताको सूचीको शीर्ष स्थानमा
१२ भदौं, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः विश्वको सबै भन्दा लोकप्रिय नेताहरूको सूचीको शीर्ष स्थानमा पर्न सफल हुनुभएकाे छ ।
मर्निङ कन्सल्टेन्सी सर्भेले सार्वजनिक गरेको प्रतिवेदनमा प्रधानमन्त्री नरेन्द्र मोदी ७५ प्रतिशतको अनुमोदन दरसहित शीर्ष स्थानमा पर्न सफल हुनुभएको हो ।
मोदीपछि मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर र इटालीका प्रधानमन्त्री मारियो ड्राघी दोस्रो र तेस्रो स्थानमा पर्नुभएको छ ।
२२ विश्व नेताहरूलाई समावेश गरिएको सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन ४१ प्रतिशत रेटिङका साथ पाँचौं स्थानमा पर्नुभएको छ ।
सर्वेक्षणअनुसार क्यानडाका राष्ट्रपति जस्टिन ट्रुडो ३९ प्रतिशत र जापानी प्रधानमन्त्री फुमियो किशिदा ३८ प्रतिशत अनुमोदन दरसहित छैटौं र सातौं स्थानमा हुनुहुन्छ ।
यसैगरी अष्ट्रेलिया, अस्ट्रिया, ब्राजिल, जर्मनी, मेक्सिको, नेदरल्याण्ड, दक्षिण कोरिया, स्पेन, स्वीडेन र अमेरिका नेटाहरुको अनुमोदन दर पच्छ्याइएको छ ।
यसअघि भारतीय प्रधानमन्त्री मोदी जनवरी २०२२ र नोभेम्बर २०२१ मा पनि विश्वका सबै भन्दा लोकप्रिय नेताहरूको सूचीको शीर्ष स्थानमा रहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्