भारतीय प्रधानमन्त्री मोदीद्वारा मन्त्रिपरिषद् पुनर्गठनको तयारी

श्रोत : ईन्टरनेट

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले बुधबार बेलुका मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका हुन् ।

frontline

मन्त्रिपरिषद् पुनर्गठनअघि कम्तीमा १२ जना मन्त्रीले राजीनामा दिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

राजीनामा दिनेहरुमा स्वास्थ्यमन्त्री हर्ष वर्धन, शिक्षामन्त्री रमेश पोख्रियाल निशांक, श्रममन्त्री सन्तोष गांग्वारलगायतका मन्त्री छन् ।

यसअघि नै प्रधानमन्त्री मोदीले मन्त्रिपरिषद् पुनगर्ठनको तयारी गरेका थिए ।

उनले चरणबद्धरुपमा मन्त्रीहरुसँगको भेटघाटलाई तीव्रता दिएका थिए ।

भरतमा कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको समयमा प्रधानमन्त्री मोदीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका हुन् ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार बुधबार ४३ नयाँ मन्त्रीहरुले शपथ लिने तयारी गरेका छन् ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here