भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

४ फागुन, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको दुई हप्ता बित्न नपाउँदै भारतले नयाँ मूल्य सूची पठाएको छ। भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर बिहीबार नयाँ सूची पठाएको हो।

जसमा पेट्रोलको मूल्य १.९७ रुपैयाँ घटेको छ भने डिजेलको ६.४१ रुपैयाँ र हवाई इन्धनको ३.८८ रुपैयाँले घटेर आएको हो।

frontline

यसअघि भारतले मूल्यवृद्धि गरेर नयाँ मूल्य सूची पठाएपछि नेपाल आयल निगमले गत २३ माघमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो। 

पेट्रोल, डिजेल र मट्टितेलमा ३-३ रुपैयाँ वृद्धि हुँदा पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको थियो भने डिजेल र मट्टितेलको मूल्य १७५ पुगेको थियो। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको थियो। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here