भारतले गर्यो परमाणु क्षमतायोग्य क्षेप्यास्त्र परीक्षण
१2 कार्तिक, नयाँ दिल्ली : भारतले परमाणु क्षमतायोग्य क्षेप्यास्त्र परीक्षण गरेको छ । चीनसँगको बढ्दो सीमा विवादकाबीच भारतले अन्तरदेशिय ब्लालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको हो ।
भारतले बुधबार राति सफलतापूर्वक अग्नी ५ नामक क्षेप्यास्त्र परीक्षण गरेको सरकारद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । सो क्षेप्यास्त्र बे अफ बंगाल नजिक खसालिएको बताइएको छ ।
भारतले परीक्षण गरेको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण करिब ५ हजार किलोमिटरसम्म पुगेको बताइएको छ । चीनसँगको कुटनैतिक प्रतिस्पर्धा र आफ्नो रक्षाको लागि भारतले सन् १९९० देखि लामो र मध्यम दुरीको परमाणु र क्षेप्यास्त्र प्रणाली निर्माण गरिरहेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्