भारतमा २४ घन्टामा १६ हजार बढी संक्रमित, २२० को मृत्यु
१७ पुस, नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) का १६ हजार ७४६ जना नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोनाबाट थप २२० जनाले ज्यान गुमाएका छन्।
समाचारमा बताइएअनुसार पछिल्लो २४ घन्टामा ७ हजार ५८५ जना डिस्चार्ज भएका छन्। यसअघि डिसेम्बर ३० मा १३ हजार २५४ जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै डिसेम्बर २९ मा ९ हजार १९५ जनामा संक्रमण भेटिएको थियो।
भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ३ करोड ४८ लाख ३८ हजार ८०४ पुगेको छ। हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ९१ हजार ३६१ छ।
यस्तै हालसम्म ३ करोड ४२ लाख ६६ हजार ३६३ जना कोरोना जितेर घर फर्किएका छन्। कोरोनाबाट ४ लाख ८१ हजार ८०जनाले ज्यान गुमाइसकेका छन्।
हालसम्म १ अर्ब ४४ करोड ५४ लाख १६ हजार ७१४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। यस्तै पछिल्लो समय भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १२ सय ७० पुगेको छ।
महाराष्ट्रमा ४५० र दिल्लीमा ३२० जनामा ओमिक्रोन पुष्टि भएको छ। हालसम्म २३ राष्ट्रमा ओमिक्रोन फैलिइसकेको छ।
प्रतिक्रिया दिनुहोस्